काठमाडौँ, ११ असार । विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ ।
मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई स्कुल जाने क्रममा गोविने खोलाले बगाएको हो ।
वडाध्यक्ष शिवप्रसाद तामाङका अनुसार विहान ९ बजे खोलाले बगाएका उनको शव करिब एक सय मिटर तल भेटिएको छ । बालक केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।