झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

काठमाडौँ, ११ असार । झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरीको मृत्यु भएको हो ।

खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार