आजको राशिफल

काठमाडौँ, ११ असार । आज २०८१ साल असार ११ गते मंगलबारको राशिफल । 

मेष : समय रमाइलो छ। थोरै श्रम गरेर धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : खुशी मिल्नेछ। यसअघि विवादमा रहेका काम बन्नेछ। वैदेशिक रोजगारीमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारमा भने खटपटी बढ्नेछ।

मिथुन : अरुलाई तर्साएर आफ्नो काम बन्नेछ। दिन रमाइलोसँग बित्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीहरुले सहयोग गर्नेछन्।

कर्कट : बन्न लागेका काममा अवरोध सिर्जना हुनेछ। विपक्षी सक्रिय भएकाले साथीलाई विश्वास नगर्नु राम्रो हुन्छ। परिवारको विश्वास गुमाउनुपर्ने हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ।

सिंह : आफन्तसँग रमाइलो भेटघाट हुनेछ। लगानीका क्षेत्रबाट नाम र दाम प्राप्त हुनेछ। न्यायको क्षेत्रमा गरेको लगानीको उचित मूल्यांकन हुनेछ। श्रमको क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : तपाईंले गरेको प्रयास सफल बन्नेछ। व्यापारमा नाफा हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारले सहयोग गर्ने दिन छ। श्रमको मूल्य प्राप्त हुनेछ। सामाजिक सेवातर्फ मन जानेछ।

तुला : शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। नाम, दाम र सम्मान एकसाथ प्राप्त हुनेछ। राम्रो कामको चर्चा हुनेछ। राजनीतिमा सक्रिय बन्ने योग छ। परिवारको सहयोग मिल्नेछ। खानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

वृश्चिक : लाभ र हानी बराबर हुने दिन छ। समाजसेवामा रमाउने योग छ। लगानीको क्षेत्रमा हात अगाडि नबढाउनु राम्रो हुन्छ। वैदेशिक क्षेत्रबाट नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : नयाँ कामको थालनी हुनेछ। मनमा उत्साह बढ्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्। सहयोगीबाट आश्वासन प्राप्त हुनेछन्। आजको लगानीले दीर्घकालीन योजना बन्नेछन्।

मकर : मन अशान्त हुनेछ। व्यावहारमा झन्झट आइपर्नेछ। धन खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन गएका दिन सहज बन्नेछ। परिवारसँग तनाव हुने देखिन्छ। जन्मुण्डली देखाएर त्यही अनुसार कुनै कामको सुरुवात गर्नु राम्रो हुनेछ।

कुम्भ : शनिदेवको छाया योग चल्दै छ। तर शुभ ग्रह तपाईंको पक्षमा रहेकाले मनमा उत्साह बढ्नेछ। स्वदेशमै गरेको लगानीबाट उत्साह मिल्नेछ। परिवारसँगको छलफलबाट गरेको काम सफल बन्नेछ।

मीन : नयाँ कामको सुरुवात हुनेछ। सुन्दर बन्न मन लाग्नेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारमा बौद्धिक टकराब बढ्ने देखिन्छ। व्यवहार गर्दा सचेत बन्नुपर्छ। समाजसेवाको अवसर प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना