कांग्रेसभित्र फोहोर गर्नेलाई भाग्ने अवस्था सिर्जना गरौँ : महामन्त्री थापा

काठमाडौँ, १० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्रको फोहोर सफा गर्न आवश्यक रहेको बताएका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसभित्र फोहोर कम र सफा गर्ने मानिस धेरै रहेको भन्दै थोरै फोहोर गर्ने मानिसका कारण पार्टी बद्‌नाम भइरहेको बताए ।

सत्‌पात्रको खोजी गरेर फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने स्थिति बनाउन आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । “कांग्रेसभित्रको फोहोर सफा गर्नका निम्ति हामीले फोहोर सफा गर्नका लागि ऐना अगाडि उभिएर, ऐनामा लागेको फोहोर मेटेर त्यो आफूभित्र लागेको दाग सफा हुँदैन । कांग्रेसभित्रको सफाको अंश धेरै छ । तर, त्यो सफाको अंश के हुने भयो भने चर्चा कम हुने भयो । फोहोर गर्नेहरूलाई पार्टीबाट भाग्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने छ,” उनले भने । 

उनले नेपालको राजनीति सरकार बनाउने, सरकार टिकाउने, चुनाव लड्ने, चुनाव जित्नेमा मात्रै सीमित बनिरहेको बताए । महामन्त्री थापाले कांग्रेसमा योगदान दिएका पात्रहरूलाई गाउँ गाउँबाट खोज्न आवश्यक रहेको बताए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानको बाकु शहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय

काठमाडौँ, २५ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछानेको विषयमा अनावश्यक हो–हल्ला गर्न जरुरी नभएको बताएका

काठमाडौँ, २५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)

विराटनगर, २५ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महागुरु फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक