काठमाडौँ, १० असार । रुसको उत्तरी काकेसस गणतन्त्र दागेस्तानमा प्रहरी अधिकारी, गिर्जाघर र सभाघरहरूमा भएको आक्रमणमा एक दर्जनभन्दा बढीको मृत्यु भएको छ ।
बन्दुकधारीहरूले पेन्टेकोस्टको अर्थोडक्स उत्सवमा डर्बेन्ट र मखाचकला सहरहरूलाई निशाना बनाएका थिए । मृत्यु हुनेमा कम्तीमा सात प्रहरी अधिकारी, एक पादरी र एक सुरक्षा गार्ड रहेका छन् । आक्रमणकारीमध्ये ६ जनाको मृत्यु भएको छ भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान भइसकेको छैन, तर दागेस्तान विगतमा इस्लामवादी आक्रमणको स्थल रहँदै आएको छ ।
आइतबारको आक्रमणमा दुईवटा गिर्जाघर र दुई सभाघरलाई निशाना बनाइएको थियो। दागेस्तानको सबैभन्दा ठुलो सहर मखाचकलामा अर्थोडक्स चर्चका पादरीको हत्या भएको छ।