काठमाडौँ, ९ असार । कोसी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी सोमबार (भोलि)लाई तोकिएको छ । आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ नसकिएर ‘हेर्दाहेर्दै’मा राखिएको रिटको पेसी तोकिएको हो ।
गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएको हो । यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अघि बढाइएको छ ।
कोसीका तत्कालीन मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका हुन् । नेपालको संविधानको धारा १६८ (५) अनुसार उनी मुख्यमन्त्री बनेका थिए । आफूविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव समेत नराखी नयाँ मुख्यमन्त्री नियुक्त गरिएपछि उनी सर्वोच्च पुगेका हुन् ।