गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौँ, ८ असार । भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हो ।

प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्