तामाङ र नेवार समुदायको सहयोग विना लोकतान्त्रिक गणतन्त्र असम्भव : प्रधानमन्त्री

काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा र यस आसपास तामाङ र नेवार समुदायका कारण नेपालमा छिटो गणतन्त्र आएको बताएका छन् ।

आज माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौँमा नेवार र तामाङ समुदायले सहयोग नगरेको भए लोकतान्त्रिक गणतन्त्र आउन सम्भव नभएको बताए । 

उनले भने,  ‘हिजो तामाङ समुदायले र काठमाडौँको नेवार समुदायको सक्रिय सहभागिता र योगदान नभएको भए नेपाल अहिले नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न सम्भव थिए । मलाई बढो ताजा रूपमा स्मरण छ, काठमाडौँ उपत्यका वरिपरि र काठमाडौँमा रहेका तामाङ समुदायको त्याग, तपस्या र बलिदानका थुप्रै कीर्तिमानहरूका कारणले र राजधानी भित्रै रहेका कारणले नै देश गणतन्त्रमा आउन सम्भव भएको हो । यदि राजधानी वरिपरि तपाईंहरुको समुदाय सक्रिय रूपले योगदान गर्ने ठाउँमा हुँदैनथ्यो भने या नेवार समुदायको पनि हामीलाई सक्रिय सहयोग हुँदैनथ्यो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने ठाउँमा नेपाल आइपुग्थ्यो भन्न सकिने थिएन ।’

प्रधानमन्त्री प्रचण्डले जनयुद्ध काठमाडौँ वरिपरि र भित्र पनि ठुला फौजी आक्रमण गर्ने अवस्थामा पुग्दैनथ्यो भने ७ राजनीतिक दल र माओवादीबिच समझदारीका लागि वार्ताको वातावरण बन्ने अवस्था नहुने उल्लेख गरे । समग्रमा तामाङ समुदाय सहितका जातीय क्षेत्रीय मोर्चाले गणतन्त्र ल्याउन भूमिका खेलेको बताए । 

उनले जनयुद्ध थालेको १ वर्षभित्र सबै उत्पीडित जाती समुदायलाई जनयुद्धमा समावेश गर्न नसकिएको बताउँदै  युद्धलाई अघि बढाउन निकै जटिल र कठिन हुन्छ भनेर देशैभरि जातीय मोर्चाहरू बनाएको बताए । प्रधानमन्त्री प्रचण्डले उनीहरूको हक र अधिकारलाई जनयुद्धको अभिन्न अङ्ग बनाउने निर्णय गरेर मोर्चा बनाएर गोलबन्द गरेर युद्धलाई अघि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा