काठमाडौँ, ८ असार । नेपालमा मोबाइल फोन आयात बढेको भन्सार विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको छ ।
गत वर्ष आर्थिक वर्ष २०७९–८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८०–८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो । गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७हजार थान मोबाइल भित्रिएको थियो ।
गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको मोबाइल आयत भएको तथ्याङ्कले देखाउँछ । तथ्यांकअनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्याङ्कले देखाउँछ ।