योगले मानिसलाई स्वस्थ्य र असल बनाउँछ : अध्यक्ष ओली

काठमाडौँ, ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगले मानिसलाई स्वस्थ्य र असल बनाउने बताएका छन् । 

आज एमाले केन्द्रीय कार्यालयले अन्तर्राष्ट्रय योग दिवसको अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको “निरोगी नेपालको लागि योग”कार्यक्रममा बोल्दै उनले योगले मानिसलाई स्वस्थ्य जीवन जिउन र असल कर्म सिकाउने काम गरेको बताए । 

उनले भने, “योग भनेको आफूलाई रोग, विकार र विकृति चिन्तनबाट मुक्त अनावश्यक र अनुचित कुराबाट मुक्त गर्ने माध्यम रहेको छ” “योगलाई समाजमा रहेका विकृति हटाउन र समाजलाई सुधार गर्नका लागि अभ्यास गर्नुपर्दछ ।”

उनले योगगुरुलाई योगको माग सहि दिन आग्रह गर्दै योगलाई दुरुपयोग गर्न नहुने बताए । उनले योगलाई कुनै धर्म र जातमा सीमित गर्नु नहुने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव र सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत

काठमाडौँ, ४ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दैलेखी  भएको बताएका छन् ।  आज

गाजा सिटी, ४ जेठ । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई

काठमाडौँ, ४ जेठ । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश गरेको छ ।