भक्तपुरकाे नलिञ्चाेकमा हेलिप्याड

काठमाडौँ, ७ असार । भक्तपुरको नलिञ्चोकमा निर्माण गरिएको हेलिप्याड व्यावसायिक रूपमा सञ्चालनमा आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान चाप व्यवस्थापन गर्ने उद्देश्यले भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आज हेलिप्याडको उद्घाटन गर्दै त्रिभुवन विमानस्थलको उडान चाप व्यवस्थापनमा हेलिप्याड उपयोगी हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्री तामाङले देशको हवाई उडानलाई सुरक्षित र भरपर्दाे बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले देशको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दाे र स्तरीय बनाउन त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्