भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ : गृहमन्त्री लामिछाने

काठमाडौँ, ७ असार । उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू उद्देश्यमा अडिग रहेको बताएका छन् ।

रास्वपाको दोस्रो स्थापना दिवसका अवसरमा शुभकामना दिँदै उनले गन्तव्यमा स्पष्ट रहेको उल्लेख गरेका छन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, “…बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुंगा खस्छ । आमनागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकहरूको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भीरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ…,” ।

वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै आफूहरू अघि बढ्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० वैशाख । संखुवासभामा ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार खाँदबारी नगरपालिका-१ रेडक्रस

काठमाडौँ, ३० वैशाख । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ६५

काठमाडौँ, ३० वैशाख । ललितपुरको इमाडोलमा केटी साथीको कोठामा गएका एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सोमबार राति भाडामा

मुगु, ३० बैशाख । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण