काठमाडौँमा आँप महोत्सव

काठमाडौँ, ७ असार । काठमाडौँमा आजदेखि आँप महोत्सव शुरु हुँदैछ ।

किसान भेञ्चर र काठमाण्डौ अर्गानिक्सको संयुक्त आयोजनामा आँप महोत्सव हुन लागेको हो । पर्सि आइतवारसम्म चल्ने महोत्सवको उद्घाटन आज बिहान ११ बजे पानीपोखरीको वालनट बिस्ट्रोमा हुनेछ ।

त्यसपछि काठमाडौँ अर्गानिक्सको कार्यालय बाँसबारी, उत्पला क्याफे बौद्ध र द गार्डेन झम्सिखेलमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवम् बिक्रीमा राखिने आयोजकले जनाएको छ । तीनवटै ठाउँमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म आँपको प्रदर्शनी र बिक्री हुने छ ।

नेपाली आँपको प्रचलन बढाउन, नेपाली किसानलाई प्रोत्सहन गर्न र उपभोक्ताहरूलाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्याउन महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर महोत्सव गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको ‘सेटिङ’ घटनासँग आफ्नो नेतृत्व (गृहमन्त्री रमेश लेखक)को कुनै संलग्नता

काठमाडौँ, १० जेठ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्नेकुरा फेसन जस्तो भएको बताएका

काठमाडौँ, १० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारको कामलाई लयमा अघि बढाउने गरी वास्तविक धरातलमा आधारित बजेट

काठमाडौँ, १० जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेका छन्