डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

काठमाडौँ, ७ असार । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण आइनसकेको छैन ।

तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको  थियो । आगो निभाउन  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए । आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल ल्याइएको थियो ।

तर आगलागीबाट मार्ट  पूर्णरुपमा जलेको छ । तर वरिपरिका अन्य घरहरुमा भने आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ । उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ५ जेठ । आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल ।   मेष : भाग्यको उदय हुने दिन छ। खर्च

काठमाडौँ, ४ जेठ । स्रोत नखुलेको २० लाख २९ हजार रुपैयाँ नगद रकमसहित एकजना पक्राउ परेका छन् । प्रहरी वृत्त

काठमाडौँ, ४ जेठ । काठमाडौँबाट ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको