श्री एयरलाइन्सले गर्‍यो काठमाडौँ-भरतपुर परीक्षण उडान

काठमाडौँ, ६ असार । श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान सफल भएको छ ।

आज बिहान काठमाडौँबाट भरतपुर उडान भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाडौँबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको गो ।

उडान परीक्षणका क्रममा कुनै समस्या नभएको जनाएको छ  । नेपाल नागरिक उड्ययन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान भर्ने तयारीमा श्री एयरलाइन्स रहेको छ । उडानको अनुमति प्रक्रिया पूरा गर्न भने केही समय लाग्ने श्री एयरलाइन्सले जनाएको छ । अहिले काठमाडौँ भरतपुर र पोखरा भरतपुर बुद्ध एयरको ४२ सिटे जहाजले मात्रै उडान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्