काठमाडौँ, ६ असार । यस वर्षको मनसुन प्रणाली थप पाँच प्रदेशमा फैलिएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जेठ २८ गते कोसी प्रदेशबाट भित्रिएको मनसुन आजसम्म मधेस, बागमती र गण्डकीका अधिकांश भूभागमा फैलिएको महाशाखाको छ ।
मनसुन आज लुम्बिनी प्रदेशमा पनि प्रवेश गरेको महाशाखाले विज्ञप्ति मार्फत जानकारी दिएको छ । नेपालको बाँकी भू–भागमा मनसुन फैलिन अझै केही दिन लाग्ने विभागको भनाइ छ ।
आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।