१५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

काठमाडौँ, ५ असार । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना किशोर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार मेचीनगर नगरपालिका-१५ ज्यामिरगढी बस्ने १९ वर्षीय रोहित राजवंशीलाई मंगलबार बेलुकी पक्राउ गरेको हो । 

राजवंशीले ती किशोरीलाई सोही नगरपालिका-९ मागुरमाडी सामुदायिक वनमा आइतबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा

काठमाडौँ, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभा सदस्य नारायणी शर्माले अनियमित रुपमा विद्युत कटौती हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।

काठमाडौँ, ३० बैशाख । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।  न्यायाधीश विनोद