भरूवा बन्दुकसहित दुईजना पक्राउ

काठमाडौँ, ५ असार । कैलाली र पाल्पामा भरूवा बन्दुकसहित दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले कैलालीको घोडाघोडी नगरपालिका–१२, नकफोडुवा बस्ने ३७ वर्षीय मोहनबहादुर खत्रीलाई भरूवा बन्दुक तीन थानसहित पक्राउ गरेको हो । उनलाई मंगलबार दिउँसो घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । 

त्यस्तै, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्धेश्वर बस्ने ३६ वर्षीय इश्वर कुमाललाई एकनाले भरुवा बन्दुकसहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इश्वरले सोमबार राति जंगलमा सिकार खेल्ने क्रममा बन्दुक पड्काउँदा त्यसको छर्रा लागेर सोही ठाउँ बस्ने ३४ वर्षीय टोपबहादुर कुमाल घाइते भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्‍याउने उल्लेख गर्दै

वासिङ्टन डीसी, १० जेठ । हार्वर्ड विश्वविद्यालयले शुक्रबार ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।  अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई देशको सबैभन्दा पुरानो

काठमाडौँ, १० जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकोजल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै

काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । बुटवलको सुप्रिम