नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न सांसद पन्तको प्रस्ताव

काठमाडौँ, ५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न प्रस्ताव गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने बताए । उनले भने, ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ ‘त्यसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ ।’

एकैचोटी नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न नसकेता पनि यसतर्फ उन्मुख हुने गरी सरकारले नीति लिनुपर्ने उनको प्रस्ताव छ । पासपोर्टमा जानुभन्दा अगाडि दुवै देशका नागरिकको आवतजावतमा सम्बन्धित देशको कुनै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सकिने उनको सुझाव छ ।

‘हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘विस्तारै यसबाट सुरु गरेर काँडे तार लाउँदै सीमालाई व्यवस्थत गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्