प्रहरी जवान मृत्यु प्रकरणमा अर्का जवान पक्राउ

काठमाडौँ, ५ असार । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान करिश्म सुनारको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको वैद्यनाथ गाउँपालिका वडा नम्बर–२ घर भएका २७ वर्षीय पुष्कर थापा मगर छन् । थापा मगर पनि प्रहरी जवान हुन् । हुम्लामा कार्यरत थापामगरलाई पक्राउ गरेर आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । ३१ जेठमा करिश्मा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला सेल स्थित बाथरुमको सावरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

करिश्माले मोबाइल सहितका विद्युतीय उपकरण चेकजाँच गर्दा पुष्करले दुरुत्साहन गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको बताइएको छ  । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ जेठ । स्याउको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार  आज स्याउको मूल्यमा

काठमाडौँ, ४ जेठ । काठमाडौँ महानगरपालिका–९ पिंगलास्थानमा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार अन्दाजी ३० वर्षका पुरुष आज

काठमाडौँ, ४ जेठ । अछाममा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।  प्रहरीका अनुसार शनिबार बेलुकी

काठमाडौँ, ४ जेठ । बैतडीमा रेबिजविरुद्ध दिइने खोपको अभाव भएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार गत