पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँ, ५ असार । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

पहिरोले गोलञ्जोर गाउँपालिका–६ हैबारबेँसी नजिकको अक्करेभिर, गोलञ्जोर–१ कुडुले, फिक्कल गाउँपालिका–२ सुम्नामबेँसीलगायत क्षेत्रमा सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार खुर्कोटबाट पूर्वतर्फको सडकखण्ड अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन तथा यात्री अलपत्र परेका छन् । त्यस्तै गोलञ्जोर–१ कुडुलेमा प्र२–०३–००१ख ७१४४ नम्बरको टेलर पहिरोले पुरिएको छ । सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन् । अवरुद्ध सडक खुलाउने प्रयास जारी छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

काठमाडौँ, ३० बैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । 

विराटनगर, ३० बैशाख । गृहमन्त्री रमेश लेखकले राजावादी गतिविधिबारे कडा चेतावनी दिएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले

काठमाडौँ, ३० बैशाख । प्रतिनिधि सभाले जेठ १ गतेदेखि १५ गतेसम्मको बैठक बस्ने पाक्षिक क्यालेन्डर तय गरेको छ ।  सभामुख