काठमाडौँ, ५ असार । काठमाडौँ नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैँमाथि गोली हानी आत्महत्या गरेका छन् ।
प्रहरीका अनुसार दोलखा मेलुङ गाउँपालिका-४ घर प्रहरी जवान २२ वर्षीय अजित गोले आफैँले बोकेको हतियारले टाउकोमा गोली प्रहार गरी आत्महत्या गरेको हो ।
प्रहरीको कार्यदलबाट खटिएका उनले आफैँमाथि गोली हानेको बताइएको छ । आज केहीबेरअघि आफैँमाथि गोली हानेको बताइएको छ । उनी शौचालयमा मृत अवस्थामा फेला परेको बताइएको छ । गोलेले आज बिहान करिब ८ बजेको समयमा संसद् भवनको पश्चिम पट्टिको २ नम्बर गेटको बाँयापटी रहेको शौचालयमा गएको बेला आफूले बोकेको ईन्सास राईफलद्वारा निधारमा फायर गरेका थिए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । उनी प्रहरी विशेष कार्यदलबाट संसद् भवनको सुरक्षार्थ खटिएका थिए । प्रारम्भिक अनुसन्धानमा उनी पारिवारिक समस्या रहेको पाइएको प्रहरीको भनाई छ ।