काठमाडौँ, ५ असार । अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका-१६ का ५३ वर्षीय बलराम मग्राठीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा मंगलबारबाट थप तीन दिन बिदा दिइएको छ ।