आजको मौसम

काठमाडौँ, ५ असार । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको  छ ।

विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

त्यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् । आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को

काठमाडौँ, ५ जेठ । काठमाडौँबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौँमै फर्किएको छ । आज

काठमाडौँ, ५ जेठ । लहान नगरपालिका २२ लबटोलीबाट दाजु र बहिनीलाई प्रहरीले ठूलो परिमाणमा नगद र ब्राउनसुगरसहित पक्राउ गरेको छ ।

काठमाडौँ, ५ जेठ । नवलपरासी पश्चिमको सुनवल–परासी सडकखण्डमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार