काठमाडौँ, ४ असार । नवलपरासी पश्चिमबाट अवैध लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका-२ घोडाहास्थित सडकबाट अवैध लागु औषध जस्तो देखिने खैरो पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्रामसहित भारत महाराजगंज निपनिया बस्ने ३० वर्षीय उमेश यादवलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारी र इलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ एवाई ५४५० नम्बरको मोटरसाइकल चालक यादवलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।