भत्ता लिन ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयमा कारण देखाऊ आदेश

काठमाडौँ, ४ असार । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाको सुविधा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदातलले कारण देखाऊ आदेश जारी गरेको छ ।

आज न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले अन्तरिम आदेशको छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । रिटमा सरकारले बिना तयारी राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको दाबी गरिएको छ ।

गत जेठ २४ गते मन्त्रिपरिषद्ले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार जेठ ३० गते सार्वजनिक सूचना जारी गरी कार्यान्वयनका लागि सर्कुलरसमेत जारी गरिएको थियो । सरकारले अत्यावश्यक भएर राष्ट्रिय परिचयपत्रको आावेदन दिने नागरिकलाई समेत समयमा उपलब्ध गराउन नसकेको बेला ज्येष्ठ नागरिकलाई अनिवार्य गर्ने निर्णय गरेको भन्दै त्यसविरुद्ध अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका हुन् । उनको रिटमा सरकारको निर्णयले ज्येष्ठ नागरिकको सामाजिक न्यायको मौलिक हकमा गम्भीर असर पर्ने भएकाले तत्काल अन्तरिम आदेशमार्फत निर्णय कर्यान्वयनमा रोक लगाउन माग गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्