काठमाडौँ, ४ असार । तनहुँमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार स्थानीय इन्द्रबहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्लागण्डकी नगरपालिका–५, भीमसेनटोलका ३३ वर्षीय सुजनकुमार रानासहित पाँचजनालाई पक्राउ गरेको हो ।
नगद ३१ हजार ६०५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।