लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प

काठमाडौँ, ४ असार । मौसम प्रतिकूलताका कारण लुक्ला स्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् ।

गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा  कुनै पनि जहाजले उडान भर्न नसक्दा खुम्बु भ्रमणमा आएका पर्यटक मर्कामा परेका हुन् ।

अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा लुक्लामा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एयर ट्राफिक कन्ट्रोलर दिवस दाहालले जानकारी दिए । उनका अनुसार सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो । यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसमअनुकूल छैन । त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्