इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

काठमाडौँ, ३ असार । सुर्खेतको वीरेन्द्रनगरमा इनार सफा गर्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु‌ हुनेमा दैलेखको चामुण्डा घर भई वीरेन्द्रनगर नगरपालिका–११ पिपिरा बस्ने ३२ वर्षीय विद्यु प्रसाद रेग्मी र सोही ठाउँका ३१ वर्षीय लक्ष्मी प्रसाद कँडेल रहेका छन् ।

सोमबार पिपराका तोर्ण विकको घरको इनार सफा गर्ने क्रममा निसास्सिएर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार अक्सिजनको अभाव भएपछि बेहोस भएका उनीहरूलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याइएको थियो । चिकित्सकले उनीहरूको मृत्यु भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको विदेश भ्रमण रद्द भएको छ । अन्तिम समयमा उनको भ्रमण रद्द भएको

रौतहट, वैशाख ३१ गते । रौतहटको १८ वटा स्थानीय तहमध्ये छ वटाको आर्थिक कारोबार बन्द गरिएको छ । विद्युतीय भुक्तानी

काठमाडौँ, ३० वैशाख । चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका रवीन्द्र मिश्र, दुर्गा प्रसाईंलगायतलाई थप पाँच दिन

काठमाडौँ, ३० बैशाख । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा