केपी ओलीले सरकारको विरोध गर्नुभएको होइन: प्रधानमन्त्री प्रचण्ड

चितवन, ३ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारूढ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको साच्चै विरोध नगरेको बताएका छन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरूले अध्यक्ष ओलीले सरकारप्रति विरोध जनाएकोबारे सोधेका थिए। पत्रकारहरूले प्रधानमन्त्री प्रचण्डलाई उथलपुथल गर्ने बेला भएको त छैन भनेर पनि सोधेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीले सरकारको विरोध गरेजस्तो मात्रै गरेको बताएका थिए ।

उनले भने, ‘विरोध जस्तो मात्रै गर्नुभएको छ । साँच्चै गर्नुभएको छैन । उथलपुथल गर्ने बेला भएको छैन। यो जान्छ। राम्रैसँग जान्छ। बाहिर कतिपय सन्दर्भमा आउने र्‍युमर (अफवाह)हरूमा सत्यता छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मेक्सिको सिटी, ४ जेठ । मेक्सिकोका सुरक्षा सल्लाहकार सेजर गुजम्यानको गोली हानी हत्या गरिएको छ । एउटा रेस्टुरेन्टमा उनीमाथि आक्रमण

एजेन्सी, ४ जेठ । अमेरिकाको दुई राज्यहरूमा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ

एजेन्सी, ३ जेठ । अमेरिकाको सर्वोच्च अदालतले युद्धकालमा प्रयोग भएको १८ औं शताब्दीको कानून ब्यूँताएर आप्रवासीहरूलाई निर्वासनमा पठाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको

एजेन्सी, ३ जेठ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्