राष्ट्रिय परिचयपत्र सेवा प्रवाह सहजीकरणका लागि गृहले पठायो १८ जिल्लामा उपसचिव

काठमाडौँ, ३ असार । राष्ट्रिय परिचयपत्र सेवा प्रवाहमा सहजीकरण गर्न गृह मन्त्रालयले पाँच जना उपसचिवको टोलीलाई  देशका विभिन्न १८ जिल्लामा खटाएको छ ।

मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार मन्त्रालयमा हालै सरुवा भई आएसँगै पदस्थापनको क्रममा रहेका उपसचिवलाई मन्त्रालयले राष्ट्रिय परिचपत्रलगायतका सेवा प्रवाहमा सहजीकरण गर्नका लागि विभिन्न १८ जिल्लामा खटाएको हो ।

उपसचिव ओमप्रसाद भट्टराईलाई सप्तरी, सिराहा, धनुषा, महोत्तरी, चोमेन्द्र न्यौपानेलाई सिन्धुली, मकवानपुर, चितवन, परमानन्द घिमिरेलाई रुपन्देही, कपिलवस्तु, दाङ, उमाकान्त अधिकारीलाई बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र टिकाराम ढकाललाई बारा, पर्सा, रौतहट र सर्लाही जिल्लामा खटाइएको छ ।

गृहसचिवस्तरीय निर्णयबाट उनीहरुलाई जिल्लामा खटाइएको हो । सम्बन्धित जिल्लामा खटिएका उपसचिवले आफू खटिएको जिल्लाको कार्यालयबाट प्रवाह हुने सेवामा आवश्यक सहजीकरण गर्नुपर्ने प्रवक्ता भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

देश भरिकै एमाले राजनीतिमा एउटा यस्तो बेला थियो बामदेव बर्दिया र एमाले भनेपछि त्यहाँ अर्को अप्सन थिएन । बामदेवको छत्रछायामा

काठमाडौँ, ३० असार । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । स्रोतका अनुसार

काठमाडौँ, ३० असार । शिक्षामन्त्री सुमना श्रेष्ठले देश बनाउने महत्त्वपूर्ण भूमिका शिक्षा मन्त्रालयको रहेको बताएकी छन् । आज मन्त्रालयमा आयोजित

काठमाडौँ, ३० असार । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले केपी ओली नेतृत्वको सरकारमा पार्टीले सहभागिता जनाउँदा आफ्नो पक्षबाट ४ जना