राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक : महेश बर्ताैला 

काठमाडौँ, २९ जेठ । सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले  राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन् । 

आज संसद भवनमा सञ्चारकर्मीसँग बर्तौलाले राजदूत फिर्ता बोलाउने कुरा सरकारको नियमित काम भएकाले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने जिकिर गरे । विगतदेखि नै सरकार परिवर्तन हुँदा राजदूत परिवर्तन गर्ने काम भइरहेकाले यसले कुटनीतिक क्षेत्रलाई कुनै असर नगर्ने उनको भनाइ छ । उनले राष्ट्रियहित प्रवर्द्धनका लागि सरकारले आफ्नो काम निरन्तर गर्ने धारणा राखे । 

सरकारको सहजताका रूपमा राजदूत परिवर्तनको विषयलाई लिनुपर्ने भन्दै उनले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणका बारेमा चाँडै सदनमा जानकारी गराउने पनि बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असार । कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको बेदकोट नगरपालिका-७

काठमाडौँ, ११ असार । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार चतारा र

काठमाडौँ, ११ असार । भारतीय योगगुरु रामदेवको पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले हदबन्दी छुट पाएको जग्गाको विवरण उपलब्ध गराउन संसदीय

काठमाडौँ, ११ असार । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।