तिनाउ खोलामा डुबेर ३ जनाको मृत्यु

काठमाडौँ, २९ जेठ । पाल्पा तिनाउ खोलामा ३ दिनमा ३ जना भारतीय नागरिकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना बालकसहित दुई जना पुरुष छन् ।

शनिबार आइतबार र सोमबार गरी २ दिनमा दैनिक एक जनाको दरले गर्मी छल्न आएका तीन जना भारतीय नागरिकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार निता गाउँपालिका–३, झुम्सा लामेदमारस्थित तिनाउ खोलामा पौडी खेल्ने क्रममा भारतको महाराजगञ्ज बोधहनिथाना बसहियाका २३ वर्षीय मुकुन्द शर्माको अचानक पानीमा डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार उनीसँगै आएका अन्य तीन जना साथीहरुले तत्काल उद्दार गरी उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगेकोमा डाक्टरले चेकजाँच गर्दा शर्मालाई मृत घोषणा गरेको थियो । यस्तै आइतबार भारतकै गोरखपुर खाना सैजन्वा रङ्गौलीग्राम उत्तर प्रदेशका अन्दाजी १५ वर्षीय आर्यन कुमारको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पनि सोही स्थानमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमदको नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो ।

गमी छल्न आएका नागरिकको दैनिक रुपमा मृत्यु हुँदा पनि कुनै सर्तकता अपनाइएको छैन। यो वर्ष लागेपछि मात्रै सो क्षेत्रमा डुबेर ६ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने