नेतृत्व चयन गर्दै जसपा नेपाल

जनकपुर, २९ जेठ । जनता समाजवादी पार्टी नेपालको प्रथम महाधिवेशन सोमबार जनकपुरमा सुरु भएको छ ।

बुधबारसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ । पार्टी अध्यक्षमा उपेन्द्र यादव निर्विकल्प देखिएका छन् । अरू पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ । जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन भने बुधबारका लागि तोकिएको छ ।

महाधिवेशन उद्घाटन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले विभेद र असमानता अन्त्य नभए कुनै पनि सुधार र विकास हुन नसक्ने बताए । राज्य र नेतृत्व सुध्रिए नेपालबाट कोही पनि बाहिर जानु नपर्ने, किसान र मजदुरहरूसँग भइरहेको ज्यादती र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्न सक्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा

काठमाडौँ, ६ बैशाख । काभ्रेको रोशी खोलामा अस्थायी ‘डाइभर्सन’ बगाउँदा अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ । कटुन्जेदेखि मंगलटार

काठमाडौँ, ६ बैशाख । जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जना कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार जेनजी आन्दोलनका बेला