मलावीका उपराष्ट्रपतिसहित अरु ९ जना चढेकाे विमान बेपत्ता

एजेन्सी, २९ जेठ । पूर्वी अफ्रिकी राष्ट्र मलावीका उप–राष्ट्रपति साउलोस चिलिमा र अरु ९ जना चढेकाे विमान बेपत्ता भएको छ । बीबीसीका अनुसार मलावी डिफेन्स फोर्सको विमान हिजो बिहान राजधानी लिलोङ्वेबाट उडेपछि राडारबाट बाहिर गएर सम्पर्कविहिन भएको हो ।

यो विमान एम्जुजु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान १० बजे अवतरण गर्नुपर्ने थियो । डिफेन्स फोर्सका कमान्डरले घटनाको बारेमा जानकारी दिएपछि राष्ट्रपति लाजरस चकवेराले पूर्व निर्धारित आफ्नो उडान रद्द गरेर हराएको विमान खोजी र उद्धार कार्यको आदेश दिनुभएको छ ।

मलावीका सूचना मन्त्री मोसेस कुन्कुयुले विमान खोज्ने प्रयास जारी रहेको बताउनु भएको खबरमा उल्लेख छ । उप–राष्ट्रपति साउलोस तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय विस्तार गरेको छ । आज बसेको केन्द्रीय समिति बैठकले १६

काठमाडौँ, ७ बैशाख । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता भएको

काठमाडौँ, ७ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्

काठमाडौँ, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग गृहमन्त्री