भक्तपुर, २८ जेठ । कमेरोटार जग्गा एकीकरण आयोजना छिटो सम्पन्न बस्ती भित्रका बासिन्दाले माग गरेका छन् ।
मध्यपुरथिमि‐५ राधेराधेस्थित संगम कोलोनीमा आयोजित आडाम्स/ठिमीको २९ औ वार्षिक साधारण सभामा कमेरोटारवासीले तीन वर्षमा सम्पन्न गर्ने भनेर सुरु गरेको आयोजना २१ वर्ष बितिसक्दा पनि अलपत्र पारेको भन्दै आयोजना छिटो सम्पन्न गर्न माग गरेका हुन् ।
कार्यक्रमको उद्घाटनमा संघीय सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति दूर्लभ थापाले आयोजनालाई लम्ब्याउन नहुने बताउदै आयोजना समपन्न नहुँदा बाहिरबाट अन्य बजेट समेत नआउँदा बिकासमा पछाडि पर्ने बताउनुभयो । उहाँले खानेपानी, ढल र सडकको समस्या छिटो समाधान गर्नु पर्ने बताउदै स्थानीयवासीले आयोजनालाई मुद्धा हालेका कारण आयोजना ढिलाई ढिलाई भएको आफूले जानकारी पाएको बताउनुभयो ।
कार्यक्रममा कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठले ठेकेदारले धोका दिदाँ सडक कालोपत्र गर्ने कार्य अलपत्र परेको बताउनुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले छिटो कालोपत्र गर्न ठेकेदारलाई दबाब दिईरहेको बताउदै खानेपानीको जिम्ममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड भक्तपुरलाई म्मिेवारी दिएको बताउनुभयो ।
आडाम्स/ठिमीका अध्यक्ष एकराज भण्डारीले आयोजना अलपत्र पर्दा यहाँ बासिन्दाले वर्षौदेखि हिलो, धुले व्यहोर्नु परेको, पानीको अभाव खेप्नु परेको र आयोजनाले सानो ढल हालिदिदाँ वर्षामा बस्ती डुबानमा पर्ने समस्या आएको बताउनुभयो । उहाँले आयोजनालाई स्थानीय पीडित केही व्यक्तिले हालेको मुद्धामा सर्वोच्चले गरेको फैसलालाई यहाँका वासिनदाले स्वीकारेर बैंकमा पैसा जम्मान गर्न जादा आयोजना र नगरपालिकाले रोकेर उल्टै अकोृ मुद्धा हालेको बताउदै त्यो मुद्धाले आयोजनाको काम नरोकिने बताउनुभयो । आयोजनामा सडक कालोपत्र छिटो गर्नुपर्ने, खानेपानी, विद्युतको समसया समाधानमा तत्काल लाग्नु पर्ने र ढलको उचित व्यबस्थापनमा छिटो लाग्नु पर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्र श्रेष्ठले बस्ती बिकासका लागि आयोजना सम्पन्न नअनिवार्यता रहेको भनदै यो वा त्यो बाहनामा आयोजनालाई लम्ब्याउने कार्य गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा डा. अशोक महासेठलगायतले जनतालाई आयोजनाले मुद्धा हालेर आयोजना लम्ब्याउने खोजिरहेको भन्दै आयोजनाले भ्रम छरेर पन्छने भनदा पनि आयोजना छिटो सम्पन्न गर्नु पर्ने बताउनुभयो । उपभोक्ता समितिका अध्यक्ष महिलाको घेराबन्दीमा ः कार्यक्रममा स्थानीय हातेमालो महिला समूहका महिलाहरुले आयोजना उपभोक्ता समूहका अध्यक्ष मदनकृष्ण श्रेष्ठलाई कार्यक्रमस्थलमै करिब आधा घण्टा घेराबनदीमाम राखेर आयोजना छिटो सम्पन्न गर्न दबाब दिएका थिए । महिलाहरुले सडकलाई धुलाम्मे र वर्षामा हिलाम्मे बनाएको, खानेपानीको चरम अभाव हुँदा पनि बेवास्ता गरेको, विद्युत बत्तिको उचित व्यबस्थापन नहुँदा अघोषित लोडसेडिङ्को मारमा पर्नु परेको र ढलको उचित व्यबस्थापन नगरेको भन्दै घेराउ गरेर आयोजना कहिले सम्पन्न गर्ने भन्दै प्रश्न गरेका थिए ।
कार्यक्रमस्थलबाट बिदा भएर बाहिरिन खोज्नु भएका अध्यक्ष श्रेष्ठले उपभोक्ताको पक्षमा बस्न नसकेको भन्दै आक्रोसित महिलाहरुले आयोजना कहिले सम्पन्न गर्ने, खानेपानी कहिले दिने, सडक कालोपत्र कहिले गर्ने जस्ता प्रश्नहरु राखेका थिए । कार्यक्रम स्थलमा आडाम्स/ठिमी र हातेमालो महिला समूहले संयुक्त रुपमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर एवं रक्तदानमा स्थानीयले स्वास्थ्य सेवा लिएका थिए ।
कार्यक्रममा जनरल फिजिसिएन, स्ती रोग विशेषज्ञ, दन्तरोग बिशेषज्ञको टोलीले १५० भन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको आडाम्स/ठिमीका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । शिविरमा सिग्मा ल्याबले जुनसुके ल्याब परीक्षणमा पनि ५० प्रतिशतसम्म छुट दिएको थियो । त्यसैगरि २५ जनादाताले रक्तदान गरेको ५४ औ पटक रक्तदान गर्नुहुने कमेरोटार बिकास संयोजन समाजका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिनुभयो