फ्रान्समा संसद् भंग

काठमाडौँ, २८ जेठ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले संसद भंग गर्दै संसदीय चुनावको घोषणा गरेका छन् ।

आफ्नो प्रतिद्वन्द्वी मरिन ले पेनको पार्टी नेसनल र्‍यालीको युरोपियन युनियनको चुनावमा राम्रो जित आएपछि राष्ट्रपति म्याक्रोनले अचानक संसदीय चुनावको घोषणा गरेका हुन् । 

संसद भंग गरिएको घोषणा गर्दै उनले चुनावका लागि यही जुन ३० र आउँदो जुलाई ७ को मिति समेत घोषणा गरेका छन् । टेलिभिजन सम्बोधनमार्फत उनले चुनावको घोषणा गरेका हुन् । युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै उनले एलिसी प्यालेसबाट चुनावको घोषणा गरेका हुन् । 

एक्जिट पोललाई मान्ने हो भने अति दक्षिणपन्थी पार्टी नेसनल र्‍यालीलाई ३२ प्रतिशत मत प्राप्त हुन सक्नेछ । जुन राष्ट्रपतिको रेनेसा पार्टीलाई भन्दा दोब्बर बढी हो । रेनेसा पार्टीलाई १३ प्रतिशत मात्रै मत मिल्ने पूर्वानुमान गरिएको छ । म्याक्रोनको दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहेको अवस्थामा संसदीय चुनाव घोषणा गरिएको हो । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

हेटौँडा, २४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले पार्टीको ह्विप उल्लङ्घन गरेको आरोपमा आफ्ना ५ जना

काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका आन्तरिक विवाद र मतभेदका विषयलाई संवादको माध्यमबाट समाधान

मकवानपुर, २४ भदौ । जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुरगढी गाउँपालिकामा वडा नं ३ का ६ भूमिहिन सुकुम्बासी परिवारलाइ

काठमाडौँ, २४ भदौ । हालै आएको बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज भएको