एमाले अर्घाखाँचीमा पीताम्बर भुसाल निर्वाचित

काठमाडौँ, २८ जेठ । नेकपा एमाले अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनबाट पीताम्बर भुसाल सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका भुसाल आगामी तीन वर्षे कार्यकालका लागि पनि सर्वसम्मत रूपमा अध्यक्ष निर्वाचित भएका हुन् ।

त्यस्तै सचिवमा पनि निवर्तमान सचिव तोजबहादुर रायमाझी पुनः निर्विरोध निर्वाचित भएको एमाले जिल्ला प्रचार विभाग प्रमुख शोभाखर पन्थीले जानकारी दिए । ८७ सदस्यीय जिल्ला कार्यसमितिमा उपाध्यक्ष र उपसचिव लगायत सदस्य पदहरूमा भने एक जना भन्दा बढीको उम्मेदवारी परेपछि मतदान गरिएको थियो । उपाध्यक्षमा शम्भु पोखरेल निर्वाचित भएका छन् । उनले प्रेम नारायण गैरेलाई पराजित गरे । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्