प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, २७ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरूमाथि मन्त्रालयगत छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । बैठकमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।  

बैठकमा प्रेम सुवालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, सांसद अमरेशकुमार सिंहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाइ एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

सांसद पुष्पबहादुर शाहले “विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्”  भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्का सांसद बद्रीप्रसाद पाण्डेले “विनियोजन विधेयक, २०८१ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय जानकारी दिए ।

त्यसैगरी सांसद रमा कोइराला पौड्यालले “विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । चार थान पेस्तोल र ५८ राउण्ड गोली बिष्णुमति खोला किनारमा फेला परेको छ । काठमाडौँ महानगरपालिका–१५ शोभाभगवतीस्थित

काठमाडौँ, ६ बैशाख । धौलागिरि र अन्नपूर्ण हिमालमा यस वर्ष वसन्तयामको आरोहण शुरु भएको छ । पहिलो दिन २१ जनाले आरोहण

काठमाडौँ, ६ बैशाख । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । स्वास्थ्य सेवा विभागको पोषण शाखा