जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

काठमाडौँ, २४ जेठ । जङ्गली च्याउ खाँदा सिन्धुलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार तीनपाटन गाउँपालिका वडा नम्बर ४ विस्टार बस्ने केशरबहादुर भुजेलको परिवारले जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका हो ।

जङ्गली च्याउ खाँदा ६७ वर्षीय केशरबहादुर भुजेल, उनकी श्रीमती ५३ वर्षीया पूर्णमाया भुजेल, छोरा ३८ वर्षीय घनश्याम, उनका नाती २१ वर्षीय किरण र नातिनी बुहारी २० वर्षीया नानीमाया समाल घाइते भएका हुन् ।

अहिले उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भुजेल परिवारले आज बिहान जङ्गलबाट च्याउ ल्याएर खाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्