काठमाडौँ, २४ जेठ । अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’ ओटीटी प्लेटफर्म भिडियोपसल एपमा रिलिज भएको छ ।
कर्णालीको रहनसहन र जीवनशैलीलाई लिएर तयार पारिएको चलचित्रमा जनयुद्धमा बेपत्ता पारिएको बाबुको परिवारमा छोराले शिक्षक बन्न गरेको संघर्षको कथा छ ।
दिनेश राउतले निर्देशन गरेको चलचित्रमा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दीपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ ।