तिनाउ खोलामा एक किशोरको डुबेर मृत्यु

काठमाडौँ, १२ जेठ । तिनाउ खोलामा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ ।

प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–६ हरियाली पार्क नजिक तिनाउ खोलामा डुबेर तिलोत्तमा–५ नयाँमिल बस्ने १७ वर्षीय दिव्यांश भुसालको मृत्यु भएको हो ।

आज बिहान ८ बजेतिर ३ जना नुहाउनका लागि खोलामा गएका थिए । नुहाउने क्रममा दिव्यांश खोलामा डुबेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । मंगलापुरस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी वरिष्ठ नायब निरीक्षक दिपेन्द्र बानियाँको नेतृत्वमा खटिएको टोलीले दिव्यांशलाई खोलामा मृत अवस्थामा फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।