सञ्चार क्षेत्र शङ्कारहित हुन जरुरी छ : मुख्यमन्त्री अधिकारी

काठमाडौँ, १२ जेठ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले सञ्चार क्षेत्र शङ्कारहित हुनुपर्ने बताएका छन् ।

पोखरामा नेपाल पत्रकार महासङ्घ कास्कीको १२ औँ अधिवेशनलाई सम्बोधन गर्दै अधिकारीले मिडियाकर्मीले एकोहोरो सञ्चार कर्म गर्दा विश्वसनीयता गुमाउने बताए । 

उनले भने, ‘राजनीतिक प्राप्तिका एजेन्डा आएर आर्थिक एजेन्डा प्राप्त गर्न बाँकी छ । हामी राजनीतिक नेतृत्व प्रयासरत  छौँ,’ ‘यसमा विना पूर्वाग्रह, विना पक्षधरताका साथ व्यावसायिक पत्रकारितामा खरो उत्रन जरुरी छ । सञ्चार क्षेत्रको साथ उत्तिकै आवश्यक छ ।’

उनले विश्वसनीयता नगुमाउन आग्रह गरेका छन् । ‘एकोहोरिएर लेख्न र बोल्न थाल्नुभयो भने विश्वसनीयता रहँदैन,’ अघि थपे, ‘सञ्चार क्षेत्र शङ्का रहित हुन जरुरी छ ।’ यद्यपि राजनीतिक र पत्रकारिता दुवै पक्ष खारिन बाँकी रहेकाे उनले सुनाए । तर राजनीतिक नेतृत्वलाई पत्रकारिताबाट सचेत गराउन निरन्तर आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा