भक्तपुरमा ३ लाख ५७ हजार बराबरको गहना चोरी

काठमाडौँ, ९ जेठ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ स्थित नयाँथिमीमा चोरी भएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ३० वर्षीया कमला त्रिपाठीको डेराबाट ३ लाख ५७ हजार बराबरको सुनको गहना चोरी भएको हो । 

मंगलबार साँझ डेराको ताला फोडेर सुनका विभिन्न गहना सहितको धनमाल चोरी भएको हो । चोरीमा संलग्न आरोपी फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २३ कार्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, २३ कार्तिक । आज २०८२ साल कार्तिक २३ गते आइतबारको राशिफल । मेष : दिन सामान्य छ । विश्वास गरेका पात्रले

काठमाडौँ, २२ कार्तिक । हुम्लाबाट एक सातामा ७५३ कार्टुन चिनियाँ मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका

काठमाडौँ, २२ कार्तिक । अनलाइन माध्यमबाट हुने ठगीका घटना बढेको भन्दै प्रहरीले सावधान रहन आग्रह गरेको छ । काठमाडौँ प्रहरी परिसर