सत्ता नभएर कांग्रेस बगरको माछाजस्तो फट्याक–फट्याक भयो : अध्यक्ष ओली 

काठमाडौँ, ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने बाटोमा लागेको आरोप लगाएका छन् । 

आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै ओलीले कांग्रेस सम्हालिनुपर्ने सुझाव दिए । उनले भने, “आफू सम्हालिँदै लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनुपर्छ ।” 

कांग्रेसलाई पेलेर जाने नभनेको, तर जेठ ५ गते बेलुकाको सहमति भोलिपल्टै उल्ट्याइएको उनले आरोप लगाए । “अघिल्ला दिन सहमति हुन्छ, भोलिपल्ट तोडिन्छ । यो कसले तोडेको ? सत्तापक्षले अर्घेल्याईं गरेको हो र ? त्यस्तो ईस्यु भए अदालत गए भयो ।” 


कांग्रेस नमिले पनि सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने भन्दै उनले प्रश्न गरे, “हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदालाउँदै पास भएको देख्नु भएको छैन ?” 

एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछाजस्तो फट्याक–फट्याक गर्नुजस्तै भएको भन्दै उनले भने,  “माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो, त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ,” ।



प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २२ कार्तिक । अमेरिकामा हवाई उडान रद्द वा ढिलाइ भएका छन् । न्यूयोर्क, लस एन्जलस, शिकागो, वाशिंगटन डीसीलगायत ४० विमानस्थलमा

एजेन्सी, २१ कार्तिक । उत्तर कोरियाले शुक्रबार आफ्नो पूर्वी समुद्री क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले

एजेन्सी, २१ कार्तिक । ४३ वर्षदेखि क्यामरूनको सत्ता सम्हाल्दै आएका पल बियाले बिहीबार पुनः राष्ट्रपति पदको शपथ लिएका छन् । यो

एजेन्सी, २१ कार्तिक । जापानले बुधबार भालु नियन्त्रणमा लिन देशका विभिन्न क्षेत्रमा सेल्फ–डिफेन्स फोर्सेस (एसडीफ) अर्थात् सेना  परिचालन गरेको छ