नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन नभएसम्म राजनीतिक स्थिरता आउँदैन : प्रदीप पौडेल

काठमाडौँ, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले सरकारको स्थायित्व खोज्न नेतृत्वले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियुद्वारा आयोजित ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व’ विद्येयक कार्यक्रममा पौडेलले राजनीतिक अस्थिरताको कारण व्यवस्था नभई नेतृत्व भएको बताएका हुन् । ‘पछिल्लो समय भएका राजनीतिक अस्थिरताका कारण अहिले व्यवस्थाको कारणले होइन । यो व्यवस्था सबै भन्दा उत्कृष्ट छ । तर, यसको ड्राइभ गर्ने नेतृत्वको स्वार्थका कारण अस्थिरता पैदा भएको छ,’ उनी भन्छन् ।

कहिले गठबन्धन बन्ने र फुट्ने विषय कुनै दार्शनिक चिन्तन मिलेर नभएको उनको भनाइ छ । ‘सबै दलका मुख्य नेतृत्वको सत्ता मोहका कारण यस्तो भएको हो । जबसम्म नेतृत्वको केन्द्रीकृत व्यवहार परिवर्तन हुँदैन तबसम्म राजनीतिक स्थिरता आउँदैन,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ चैत । आज सेयर बजार परिसूचक नेप्से ५८.०५ अंकले घट्दा परिसूचक २५८२.७३ अंकमा झरेको छ । आज बजारमा

काठमाडाैँ, १२ चैत । आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा

काठमाडौँ, १२ चैत । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्दिभ्स पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमी

काठमाडौँ, १२ चैत । काठमाडौँ महानगरपालिका-११ किमारी मार्गमा सोमबार लाखौँ रुपैयाँ बराबरको चोरी भएको छ । नेपाल प्रहरीका अनुसार बुद्धिमान