काकाद्वारा १४ वर्षीय भतिजी बलात्कृत: आयुक्त खतिवडाद्वारा उद्दार

काठमाडौँ, २६ वैशाख । अशिक्षित तथा अविकसित दुर दराजका इलाकामा मात्र हैन, विकसित ठाउँ तथा सहरमा समेत आफुन्तबाट नै बलात्कृत भएका धेरै घटनाहरु आउने गरेका छन् । त्यस्तै भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ४ मा पनि आफ्नै काकाद्वारा १४ वर्षीय नावालिका भतिजी बलात्कृत भएकी छिन् ।

चाँगुनारायण बसोवास गर्दै आएका ५२ वर्षीय विष्णु विकले आफ्नो दाजुको छोरीलाई बलात्कार गरी गर्भावस्था बनाएको खुलेको छ । बलात्कारमा परेको ती बच्चाको पेटमा पाँच हप्ताको गर्भ रहेको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ सहरी स्वास्थ्य केन्द्रले जानकारी दिएको छ । स्वास्थ्य परिक्षण पश्चात गर्भ रहेको जानकारी पाएसँगै पीडकले गर्भपतन गराउन पटक पटक प्रयास गरिरहेका थिए तर फैजदारी अभियोग भएकाले कानुन संम्वत रुपमा मात्र सो कार्य गर्न सकिने भन्दै स्वास्थ्य केन्द्रले पीडकको आग्रहलाई अस्वीकार गरी स्थानीय तहलाई जानकारी गराएको थियो ।

स्वास्थ्य केन्द्रले स्थानीय तहलाई जानकारी गराएपश्चात राष्ट्रिय महिला आयोगमा आएको उजुरीको आधारमा आयोगले जानकारी लिएको थियो । सोही क्रममा आयोगका आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाको नेतृत्वमा गएको टोलीले मंगलबार आवश्यक कानुनी प्रकृया पुरा गरी ती बालिकालाई उद्दार गरेको छ भने पीडक विष्णु विकलाई प्रहरीले पक्राउ गरेको छ । जसको समन्वय स्वास्थ्य केन्द्रको साथमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विजय श्रेष्ठले समेत गर्नुभएको थियो ।

‘पीडित बालिकालाई हामीले उद्दार गरी सुरक्षित स्थानमा लगेका छौं । बालिकाको सुरक्षा, उपचार र सशक्तीकरणको जिम्मा राष्ट्रिय महिला आयोगले लिन्छ,’ आयुक्त खतिवडाले भन्नुभयो, ‘पीडक नावालिकाको काकालाई प्रहरीले हदैसम्मको कानुनी कारवाही गर्छ । यस्तो जघन्य अपराध गर्नेलाई राज्य निर्मम हुन्छ । यसमा राष्ट्रिय महिला आयोग पीडितको पक्षमा पीडकलाई हदै सम्मको कारवाही गराउन जस्तोसुकै परिस्थितीलाई स्वीकार गर्न तयार छ ।’

पीडितको उद्दारका क्रममा आयुक्त खतिवडा, वडाध्यक्ष श्रेष्ठ, आयोगको महिला विकास अधिकृति रोशनी श्रेष्ठ, नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक लक्ष्मी कोइराला, स्वास्थ्य केन्द्रका सिअनमी कमला बुढाथोकीको साथमा नेपाल प्रहरीका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । नेपाल र भियतनामबिच व्यापार एवं लगानी प्रवर्द्धनका लागि दुई देशका निजी क्षेत्रले समझदारी गरेका छन् । नेपाल चेम्बरको

काठमाडौँ, २० असोज । बाढीपहिरामा परी हालसम्म देशभर २४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य

काठमाडौँ, २० असोज । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-७ ज्यामिरेमा माइक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार पछाडि

काठमाडौँ, २० असोज । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।