२३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २५ वैशाख । न्यायाधीशसँग सेटिङ गरेर मुद्दा जिताइदिने र कारागारमुक्त गराइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सोल्टीमोडबाट ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ घर भएका ३७ वर्षीय कृष्ण कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको छ । भन्सार छलीको मुद्दामा कारागारमा रहेका लमजुङका बिलबहादुर गुरुङलाई छुटाइदिने भन्दै उनले ७ लाख रुपैयाँ लिएको आरोप लागेको छ ।

त्यस्तै जग्गा सम्बन्धीको मुद्दा मिलाइदिन्छु भन्दै धादिङ घर भएका भरत गुरुङसँग पनि २३ लाख रुपैयाँ ठगी गरेको आरोपपनि कार्कीमाथि छ । गुरुङको ललितपुरमा एउटा जग्गा सम्बन्धी विवाद रहेका बेला आफ्नो न्यायाधीशसँग राम्रो सम्बन्ध रहेको भन्दै केश मिलाइदिने भनेर उनले २३ लाख रुपैयाँ लिएको देखिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ १८ असोज । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ

काठमाडौँ, १८ असोज । पोखराको हट एयर बेलुन पुनः सञ्चालनमा आएको छ । हट एयर बेलुन साहसिक पर्यटकीय खेल हो

काठमाडौँ, १८ असोज । स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर–२ स्थित भालेखर्कमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका

काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार