काठमाडौँ, २५ वैशाख । हल्का वर्षासँगै काठमाडौँ उपत्यकामा प्रदूषण कम भएको छ ।
वातावरण विभागको मंगलबार मध्याह्न १२ बजेको तथ्यांकअनुसार काठमाडौँका अधिकांश स्थानमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) एक सयभन्दा कम मापन भएको छ ।
ललितपुरको भैँसेपाटी क्षेत्रमा भने सो समय एक्यूआई १६६ छ । सोमबार २४ घण्टाको औसत एक्यूआई १८१ सम्म पुगेको विभागको तथ्यांक छ । यस्तै, एक साताअघिसम्म उच्च प्रदूषित रहेको कास्कीको पोखरा मंगलबार सफा भएको छ । त्यहाँको एक्यूआई मंगलबार बिहान ४६ मा झरेको छ, जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थकर वायु रहेको अवस्था हो ।
डढेलोका कारण उच्च प्रदूषित बनेको चितवनको भरतपुरमा प्रदूषण कम भए पनि अझै सफा हुन सकेको छैन । भरतपुरमा मंगलबार सो समय एक्यूआई ९८ छ ।