द डार्क फाइल प्रकरण: कान्तिपुर र अन्नपूर्णका प्रकाशकहरूसँग लिखित जवाफ माग

काठमाडौँ, २४ वैशाख । सिधाकुरा डटकमले प्रकाशन प्रशारण गरेको अडियो सामग्रीमा नाम जोडिएका ६ जनालाई आफ्नो लिखित जवाफ पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको संयुक्त इजलासले अन्नपूर्ण पोष्टका अध्यक्ष रामेश्वर थापा, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन एसपी सञ्जय थापा र किशोर विष्टलाई ७ दिनभित्र प्राप्त हुने गरी लिखित जवाफ पेश गर्न आदेश गरेको छ ।

सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई अवहेलना मुद्दामा कारबाहीको माग गर्दै रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असाेज । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटाीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बालुवाटारबाट शिवाकोटीलाई प्रहरीले पक्राउ

बैतडी, २९ असोज । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले बन्द रहेका सरकारी उद्योगहरुलाई अबको एक महिनाभित्रै संचालनमा ल्याउने

सिरहा, २९ असोज । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक

काठमाडौँ, २९ असोज । पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सञ्चालनमा मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई दिने कार्यको काठमाडौँमा